२०७९ चैत्र १०, शुक्रबार १९:०८ बजे

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने चेतावनी दिएका छन् ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । तर एमाले जिम्मेवार प्रतिपक्षको रुपमा रहने उनको भनाइ छ ।



सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको उनको जिकिर थियो ।



‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं,’ उनले भने । तर अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय