अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ चैत्र ११, शनिबार ०१:३१ बजे

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका ४ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी बन्जारीका ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुनिल कुमार दासलाई शुक्रबार एक समारोहका बीच गम्छा र अबिर लगाएर मायाको चिनो सहित भब्य रुपमा बिदाई गरिएको छ ।

बिओपीको नयाँ ईन्चार्जमा कार्यभार सम्हाल्न आइपुगेका सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापाको स्वागत गरिएको हो ।

विदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै इन्स्पेक्टर दासले स्थानीय जनप्रतिनिधि,सर्वसाधारणलगायत सबैको साथ र सहयोगले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रण गर्न सफल भएको बताएका थिए ।

उनले भने, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो आउने जाने काम भईरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौं ।’

प्रहरी निरीक्षक दासले १० महिना सम्मको बसाइँमा नेपाल भारत खुल्ला सिमामा कडा सुरक्षा ब्यवस्था मिलाई दिन रात नेपाली जनताको हक हितको लागि सिमामा हुने अनेको अबैध गतिविधिहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै छिपहरमाईका जनताको सुख  दु:खमा हात मिलाई आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकोमा धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै जनप्रतिनिधि ,पत्रकार र स्थानीयहरुले बिदाई गरेका थिए ।

विदाई तथा स्वागत कार्यक्रममा प्रहरी निरीक्षक खडक बहादुर खड्का , प्रहरी चौकी भिस्वाका सई संतोष केसि , स्थानीय जनप्रतिनिधि , युवा नेता ,पत्रकार लालबाबु बानियाँ , धर्मेन्द्र प्रसाद यादव , राजन बानियाँ , मनोज पटेल,साहरुख मन्सुरी , समाजका भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय