२०७९ चैत्र ११, शनिबार १३:४३ बजे

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको बताएका छन् ।

पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



अध्यक्ष भट्टराईले भने, ‘राजनीतिक भनेको पावर केन्द्र हो । कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।’



अध्यक्ष भट्टराईले अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताए।

उनले वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूर्णता दिने र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय