२०७९ चैत्र ११, शनिबार १९:४६ बजे

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवार टुंग्याउने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।



प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले उपनिर्वाचनमा उम्मेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने र त्यहाँबाट टुंगो लगाउने निर्णय गरेको छ ।



यस्तै बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको र छिट्टै सरकारलाई पूर्णता दिने तयारी भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय