
बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले २२औं संस्करणको उपाधि उचालेको हो ।
फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी, गोलरक्षक, मध्यपङ्क्तिका खेलाडी, रक्षापङ्क्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।