अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १२, आईतवार १०:३३ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताएका छन्।

सुर्खेत पुुगेका उपाध्यक्ष पौडेलले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको बताएका हुुन् ।



उपाध्यक्ष पौडेलले भने,‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन । हामी सुन्दैछौं-ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ। यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’



गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताए।

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उनले बताए। उनले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय