२०७९ चैत्र १२, आईतवार १४:५० बजे

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहित ६ दलका २५ सांसदले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।



सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा नेकपा माओवादी केन्द्रका (सभामुख बाहेक) १०, जनमत पार्टीका चार, जसपा, लोसपा, नागरिक उन्मुक्तिका तीन-तीन, नेकपा एकीकृत समाजवादीका एक रहेका छन् ।



त्यस्तै,  एक स्वतन्त्र सांसदले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

माघ ५ गते विश्वासको मत लिएका मुख्यमन्त्री गिरीले सांसदहरूले समर्थन फिर्ता लिएपछि प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय