२०७९ चैत्र १२, आईतवार १६:३८ बजे

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।

सांसदले सम्बोधन गरिरहेका बेला हिँडेपछि उपसभापति खड्काले माफी मागेका हुन् ।



प्रतिनिधि सभा नियमावलीको २० (६) लाई उल्लेख गर्दै सांसद महेश बर्तौलाले उक्त प्रावधान उल्लंघन गरी मर्यादा विपरित काम भइरहेको उनले बताए ।



बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा ध्यान पुर्‍याउन आग्रह गरे । लगत्तै नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद पूर्णबहादुर खड्काले बोल्ने समय माग गर्दै माफी मागे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय