अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १२, आईतवार १७:०४ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष नेपालले यिस्तो बताएका हुन् ।



अध्यक्ष नेपालले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।



अध्यक्ष नेपालले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ। टुंगो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषदले पूर्णता पाउने हो । मुखबाट त कहिले पनि गृह पनि अर्थ पनि निस्केको छैन।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सांसद छ। उनले देशको अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्न सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्ने पनि बताए। उनले परराष्ट्र मन्त्रालय पनि काबिल व्यक्तिलाई दिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय