२०७९ चैत्र १२, आईतवार १७:३८ बजे

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङका केशव दुलाल,सानु भण्डारी र टेक गुरुङ रहेका छन् । यो गिरोहले पाँच वर्षयता झन्डै ५ अर्ब ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



उनीहरुले भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।



नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेर र पीडितहरुमध्ये झण्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय