अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १२, आईतवार १७:५५ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा शिक्षा कार्यालय बैतडीका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नियुक्ति नै नभएको व्यक्तिलाई शिक्षक कायम गरी सरुवा गरेको भन्दै अख्तियारले अमरप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



उक्त कार्य गरी तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टले पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनीयतपूर्वक हानी नोक्सानी गराएको अख्तियारको दाबी छ । भट्टविरुद्ध अख्तियारले ७४ हजार ९२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।



त्यस्तै जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन प्राविधिक सहायक स्व। सञ्जय ठाकुर दनुवारले शिक्षक पद नै रिक्त नभएको, नियुक्तिका लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई नियक्तिपत्र नै नदिएको अवस्थामा कागजात बनाइ मानकुमारी अवस्थिको नियुक्तिको अभिलेखीकरणका गर्न टिप्पणी उठाएको अख्तियारले जनाएको छ ।

तर, उनको मृत्यु भइसकेकाले उनकी अंशियार श्रीमतीबाट बिगो असुल उपर हुने प्रयोजनको लागि मात्र मागदावी लिइएको अख्तियारले जनाएको छ ।

त्यस्तै झुटो विवरण कायम गरी नियुक्ति नै नभएको अवस्थामा सरुवा कायम गरी पारिश्रमिक लिएको भन्दै मनकाकुमारी अवस्थीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय