२०७९ चैत्र १२, आईतवार १९:०९ बजे

काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाबीच द्विपक्षीय ‘ल्याण्ड फोर्स टक’ हुने भएको छ । चैत १३ गतेदेखि १५ गतेसम्म दुई देशका सेनाबीच काठमाडौंमा छलफल हुने भएको हो ।

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुनेछ ।



अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।



यस्तै अमेरिकी सेनाको तर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मीथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछ । सन् २०१८ देखि नियमित रुपमा अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’ हुँदै आएको छ । गतवर्ष यो कार्यक्रम अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय