अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १३, सोमबार ०८:५६ बजे

काठमाडौं । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।

यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।



‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन बर्तालुले व्रत सङ्कल्प गर्छन् ।



षष्टि तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ ।

यसैगरी मिथिला क्षेत्रमा बाक्लै बसोबास रहेका इस्लाम धर्मावलम्बी पनि अहिले पवित्र रमजान महिनाको रोजा व्रत गर्दैछन् । एक महिने रोजा व्रत गत शुक्रबार सुरु भएको हो । यसरी सबैजसो जाति धर्म सम्प्रदाय आआफ्ना परम्पराका पर्वमा रहँदा अहिले मिथिला पर्वमय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय