
२०७९ चैत्र १३, सोमबार ११:५९ बजे
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन यसै साता स्वदेश फर्किने तयारी गरेका छन् ।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले सबै अवस्था हेरेर यो साताभित्रै स्वदेश फर्किने तयारी रहेको पुन निकट स्रोतले बतायो ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् ।
अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।