
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बूको परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ ।
गत चैत ५ गते भएको विराटनगरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारको क्रममा गत १० गते निधन भएको थियो ।
त्यस्तै, प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।