अपडेट 
भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन | प्रहरीमा बढुवा देखि सरुवा हुन शक्तिकेन्द्र धाउँदै | महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट |
२०७९ चैत्र १३, सोमबार १३:२३ बजे

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महनिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले पदभार सम्हालेको भोलिपल्टै चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेर प्रहरीभित्र सरुवा र बढुवामा देखिंदै आएको विवाद हटाउने संकेत देखाएका छन् ।

गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले डिआईजीहरु सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस गरेको हो ।



बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ । आईजीपी कुँवरले पदबहाली गरेको दोस्रो दिन नै एआइजी बढुवा निकाल्न सफल भएका हुन् । बढुवा समितिमा आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।



यसअघि तत्लो दर्जाका प्रहरी अधिकारीहरुको सरुवादेखि माथिल्लो तहका प्रहरी अधिकारीहरुको सरुवा र बढुवामा विवाद हुँदै आएको थियो । विवादकै कारण बढुवा प्रकृया लम्बिने गरेकोमा आईजीपी कुँवरले भने पद सम्हालेकै भोलीपल्ट एआईजी बढुवाका लागि सिफारिस गर्न सफल भएका हुन् ।
बरियताक्रम अनुसार नै बढुवा सिफारिस गरिएको हुँदा प्रहरीभित्र देखिंदै आएको विवाद पनि आईजीपी कुँवरकै कार्यकालबाट हट्न देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय