२०७९ चैत्र १३, सोमबार १६:०६ बजे

बारा । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा राधेचन्द्र यादवको नाम सिफारिस गरेको हो।



यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।



उम्मेदवार सिफारिसका बारेमा सोमबार जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय