
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारविरुद्ध घेराबन्दी गरिएको बताएका छन् ।
मिसन ग्रासरुट अभियानअन्तर्गत गुल्मीको तम्घासमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेसंग बहुमत नभएपछि बानरहरूलाई पनि सँगै लिएर जान खोजेको स्पष्ट पारे।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इंगित गर्दै साथै लिएर जान खोजे पनि अन्तमा बाँदरको हातमा नरिवल भएको बताए।
अध्यक्ष ओलीले भने, ‘हामीसँग बहुमत थिएन। आफूसँग जनता नभएपछि रामचन्द्रले पनि बानर सेना लगेकै हुन्। हामी पनि बानरहरूलाई मिलाएर लैजान खोजेका थियौं। तर बाँदरको हातमा नरिवल न हो ।’
उनले अर्को निर्वाचनमा नेकपा एमाले एक्लैलै बहुमत ल्याउनुपर्ने बताए। त्यसका लागि अहिल्यैदेखि गाउँ, टोलीदेखि स्थानीय, प्रदेशमा नेताहरू सक्रिय हुनुपर्ने बताए। उनले पार्टीभित्र खिया लागेको भन्दै धारिलो बनाएर लैजानुपर्ने समेत बताए।