
सर्लाही । सर्लाहीको सिमावर्ती क्षेत्र धनकौल पुर्वारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वा नगरपालिका–३ धनकौल पुर्वारीस्थित भित्री सडकमा बिहीबार ना३४प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न सकेको छैन । पहिचान खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तीव्रगतिमा हुँइकिँदै गरेको मोटरसाइकल मोडमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ ।