२०७९ चैत्र १७, शुक्रबार १३:२१ बजे

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा आयोजित विशेष समारोहमा विराटनगर महानगरपालिकाले दुई क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।



सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ ।



कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

दुवै खेलाडी विराटनगरका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय