
२०७९ चैत्र १७, शुक्रबार १३:३३ बजे
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम फाइनल गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।
जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् ।
यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् ।
कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।