
२०७९ चैत्र १७, शुक्रबार १३:४० बजे
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन्।
पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको हो ।