२०७९ चैत्र १७, शुक्रबार १४:२३ बजे

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

पुस ११ गते जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।



मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो ।



तर, अहिले मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय