
सुनिता कुशवाहा-गौशाला,
उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै महोत्तरीको गौशालामा आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच सो ्र५ दिवसीय पत्रकारिता कार्यक्रमको शुभाराम्भ भएको हो ।
प्रवीणता तह उतिर्ण वा सो सरहका ५० जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रमको गौशाला नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले उद्घाटन गरेका छन् । पित पत्रकारिताले जो कोहीको पनि चरित्रहत्या हुने भएकोले पत्रकारिता गर्ने क्रममा समयानुकुल प्रशिक्षणको आश्यकता उपर मेयर महतोले जोड दिएका छन् । समय समयमा यस्ता प्रशिक्षणले संचारकर्मीहरुलाई मनोवल बढनुको साथै कार्यसम्पादन गर्नका लागि सुलभ हुने भएकोले सम्बन्धित सरोकारवाला निकायलाई यसतर्फ ध्यान दिनुपर्नेमा आवश्यक रहेको मेयर महतोको भनाई रहेको छ ।
सोही कार्यक्रमकाबीच मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले पत्रकारिता पेशा आफैमा सम्मानित पेशा रहेकोले यसमा आवद्ध हुनेले यस पेशालाई वदनाम हुने किसिमको कुनै पनि कार्य गर्न नहुने धारणा राखेका छन् । तीन दशक लामो पत्रकारिता पेशा अंगालेर आफु जनप्रतिनिधी बनेको प्रसंग निकाल्दै मेयर मण्डलले भने, ‘पत्रकारिता पेशामा सवैको विश्वास अडिग रहेका हुन्छन् । पहिलाको समयभन्दा अहिलेको पत्रकारिता समयसापेक्ष रुपमा सर्वसुलभ हुँदै गईरहेको छ । विश्वको तुलनामा नेपालको पत्रकारिता पेशा पनि समयानुकुल अगाडि बढनु सुखदपक्ष रहेको छ ।’
कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष सुनिता महतो, वडाअध्यक्षहरु लगायतले पत्रकारिता क्षेत्रको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रमकाबीच प्रशिक्षकद्वय सोभिता रिसाल र गीता चिमोरियाले प्रशिक्षण दिईरहेका छन् ।
रुपान्तरण सहयोगी नेपाल गौशालाको आयोजना र गौशाला नगरपालिकाको आर्थिक सहयोगमा संचालित सो आधारभुत पत्रकारिता तालिम पाँच दिनसम्म जारी रहनेछ ।