२०७९ चैत्र १८, शनिबार ०८:२५ बजे

काठमाडौं । भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।



महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय