२०८० बैशाख १२, मंगलवार १५:०५ बजे

पर्सा १३ बैशाख । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटाेलामा श्री सहस्त्र बिष्णु महायज्ञ सुरु भएकाे छ । जानकीटाेला गाउँवासीकाे आयाेजना आयाेजित ११ दिने महायज्ञकाे उदघाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका हुन् ।

महायज्ञकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले यज्ञले ज्ञान प्राप्त हुनुकाे साथै धर्मकाे रक्षा र प्रचार प्रचार हुने वताए । उनले यज्ञ शान्तिकाे प्रतिक समेत रहेकाे वताए ।
महायज्ञकाे पहिलाे दिन मंगलबार कलश यात्रा निकालिएकाे यज्ञ आयाेजक समितिका अध्यक्ष कृष्णमा्ेहन यादवले वताए । जानकीटाेलामा पहिलाे पटक महायज्ञकाे आयाेजना गरिएकाे उनले वताए ।

महायज्ञकाे कलश यात्रामा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष नेपाली कुशवहा,लक्ष्मी साह तेली, रामअयाेध्या पटेल
सदस्य,लक्ष्मण राम चमार, लक्ष्मण बैठा,डोम
लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।
महायज्ञमा बुधवारदेखि विभिन्न विदवानहरुद्वारा प्रवचन राख्नुकाे साथै रामलिला समेत प्रस्तुत हुने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय