अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०८० बैशाख २३, शनिबार २०:५१ बजे

काठमाडौं । सशस्त्र प्रहरीका एक डिएसपी र एक इन्सपेक्टर एक महिना नपुग्दै इन्चार्जबाट फिर्ता भएका छन् । झापाको सीमा सुरक्षा गुल्म(प्रस्तावित) घेराबारीका डिएसपी सुमन शर्मा र केचना बिओपीका इन्सपेक्टर ओकिल धानुक कारबाहीस्वरुप इन्चार्जबाट हटाइएका छन् ।

स्याउ तस्करीमा मिलेमतो देखिएपछि उनीहरुलाई हटाइएको स्रोत बताउँछ । गत १९ बैशाखमा सशस्त्र प्रहरीले भारत तस्करी गर्न लागिएको एक सय १५ कार्टुन स्याउ बरामद गरेको थियो । कोशीका बाहिनीपति डिआइजी अञ्जनीकुमार पोखरेलको निर्देशनपछि मात्र स्याउ बरामद भएको थियो । प्रारम्भिक छानबिनमा मिलेमतोमै स्याउ तस्करी हुन लागेको खुलेपछि उनीहरुलाई हटाइएको हो । लेनेदन पुष्टि भए विभागीय कारबाही समेत गर्न लागिएको स्रोत बताउँछ । दुवै जना एक महिनाअघि मात्र इन्चार्जका रुपमा खटिएका थिए । एसपी बिक्रम हुमागाईको नेतृत्वमा उनीमाथि छानबिन गर्न समिति गठन भएको छ।

दुवै कार्यालयमा नयाँ इन्चार्ज खटाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीभित्र शुद्धीकरण अभियान चलेको छ । जसअनुसार गलत गर्नेहरु तत्काल कारबाहीमा पर्न थालेका छन् । तराईका जिल्लाका केही एसपीमाथि समेत प्रधान कार्यालयले निगरानीमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय