अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०८० बैशाख ३०, शनिबार ११:२५ बजे

वीरगंज – ३० वैशाख। आफुलाई घुमुवा बताएर वीरगंजका व्यापारी संग अवैध रूपमा रकम माग गर्ने र नदिने व्यापारी संग कुटाकुट गरेका सशस्त्र प्रहरीका एक सहायक हवलदार निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको घुमुवा बताएर वीरगंजका व्यापारी संग रकम मांग गरेका र नदिएपछी कुटाकुट गरेका सशस्त्र प्रहरी सहायक हवलदार जितेन्द्र सहनी निलम्बनमा परेका हुन।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा दरबन्दी भएका आई.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी रवाना गरेको कार्यालयमा हाजिर हुन नगई सशस्त्र प्रहरी कर्मचारीको आचरण विपरीत जिल्ला पर्सा वीरगंज महानगरपालिकाको बसपार्क ईलाकामा गई स्थानीय व्यपारीसँग झैझगडा गरी सशस्त्र प्रहरी बल, नेपालको प्रतिष्ठामा आँच आउने कार्य गरेको हुँदा निज सशस्त्र प्रहरी सहायक हवल्दारलाई सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम आवश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय