२०८० जेष्ठ १०, बुधबार २३:०७ बजे

वीरगन्ज ,१०जेष्ठ : पर्सा ग्रामीण पत्रकार समाजकाे नयाँ कार्य समिति गठन भएकाे चार दिनपनि नबित्दै विवाद भएकाे छ ।

यहि जेष्ठ ६ गते ठाेरीमा सम्पन्न जिल्लाका ग्रामीण भेगका पत्रकारहरुकाे भेलाले धर्मेन्द्र चाैरसियाकाे अध्यक्षतामा ग्रामिण पत्रकार समाजकाे नयाँ कार्यसमिति चयन गरेकाे थियाे ।

तर उक्त कार्यसमिति गठन भएकाे चार दिनपनि नबित्दै ग्रामीण पत्रकार समाजका सहसचिव राजन बानियाँ, सल्लाहकार लालबाबु बानियाँ, सैलेश साह कानु, धर्मेन्द्र प्रसाद यादव , हरिकिशाेर शर्मा, सह सचिव सारुख मन्सुर, मनाेज पटेलसहितका ८ जनाले समाजमा आफुहरुकाे कुनै आबद्धता नरहेकाे जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनिहरुले जेष्ठ ६ गते ठाेरीमा भएकाे भेलाबाट केही सिमित व्याक्तीहरुकाे स्वार्थ पुर्तीका लागि मनाेमानी तरिकाले गठन गरिएको ग्रामिण पत्रकार समाजमा आफुहरुकाे कुनै आबद्धता नभएकाे बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गरेका मध्येका पत्रकार लालबाबु बानियाँले ग्रामीण पत्रकारहरुलाई मात्रै बाेलाइएकाे भेलामा वीरगन्जबाट केही पत्रकारहरु आएर हस्तक्षेप गरि आफ्नाे मनाेमानी गरि समिति गठन गरेकाले आफुहरु उक्त समाजमा नरहेकाे बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय