२०८० जेष्ठ १२, शुक्रबार १७:३६ बजे

काठमाडौं, १२ जेठ । आँप हामी फलको राजा भनेर चिन्ने गर्दछौ । यो आँप म्यान्गीफेरा इन्डीका परिवारमा पर्दछ । आँपको प्रयोग गरेपनि यसको फाइदाबारे हामी धेरैलाई जानकारी नहुन सक्छ । आँप नेपालको प्रिय फल हो ।

आँप मन नपर्ने कमै मासिन होलान् । हामीले कैयौ प्रजातिका आँपहरु खाने गर्दछौं । आँपको सिजन आएसँगै हरेक ठाउँमा आँपको बोटहरु लटरम्म फलिरहँदा सौन्दर्य झन बढेको छ ।

यसले स्वास्थ्यलाई एकदमै लाभ गर्दछ । एउटा पाकेको १०० ग्राम आँपमा ७४ क्यालोरी, कार्बोहाइट्रेड १७ ग्राम, २ ग्राम फाइबर पाइनुका साथै आइरन पनि पाइन्छ । यसमा भिटामिन सी पाइने हुनाले मुटुलाई स्वस्थ बनाउनमा मद्दत गर्दछ ।

आँपलाई धेरै तरिकाबाट खाने गरिन्छ । आँपको रसको जुस बनाएर खाँदा शरिरमा प्रोटीन र भिटामिन ए प्राप्त गरिन्छ । आँपलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ ।

आँपको अचार, जुस, आइसक्रिमजस्ता अन्य कुराहरु तयार पारेर खान सकिन्छ । हेर्दा आकर्षण देखिनेमात्रै होईन, आँप खाँदा यसले धेरै फाइदा पनि गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय