अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ १२, शुक्रबार १८:०७ बजे

एजेन्सि ।  बलिउड इन्डस्ट्रीमा चर्चित नाम आशिष विद्यार्थी फेरि एकपटक दुलहा बनेका छन् । उनले ६० वर्षको उमेरमा दोस्रो विवाह गरे । आशिषले असमकी रुपाली बरुआसँग विवाह गरेका छन् । उनीहरुले केही नजिकका व्यक्तिहरुको उपस्थितिमा अदालती विवाह गरेको बताइएको छ । रुपाली फेसनको व्यवसायसँग आवद्ध छिन् ।

मिडिया रिपोर्टका अनुसार आशिषले विवाहपछि जीवनको यस चरणमा रुपालीसँग विवाह गर्नु असाधारण अनुभूति भएको बताए । रुपालीसँगको भेटबारे आशिषले भने, ‘यो निकै लामो कथा हो । भेट कसरी भयो त्यो पछि बताउने उनले बताए । उनले भने, ‘हामीले केही समय अगाडि भेटेका थियौं र सम्बन्धलाई अगाडि बढाउने निर्णय गरेका थियौं । तर हामी दुवैको चाहना थियो कि बिहेमा धेरै धुमधाम नहोस्, परिवार मात्रै होस् ।

आशिषले निकै सरल तरिकाले दोस्रो विवाह गरेका छन् । उनीहरुले परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा विवाह दर्ता गराए । आशिष विद्यार्थीसँग बिहे गरेपछि रुपाली बरुवाले आफू सुन्दर र राम्रोसँग बस्न मिल्ने व्यक्ति भएको बताइन् ।

आशिषले रुपालीसँग कोलकातामा कोर्ट म्यारिज गरेका छन् । जसमा धेरै मानिस सामेल भएनन् । यदि रिपोर्टहरू विश्वास गरिन्छ भने, आशिषले चाँडै रिसेप्शन पार्टी आयोजना गर्नेछन् र अन्य आफन्त र साथीहरूलाई उत्सव मनाउन आमन्त्रित गर्नेछन्। पहिलो विवाह चर्चित अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआसँग भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय