
धर्मेन्द्र कुमार यादव-महोत्तरी,
धेरै ठाउमा मौसम सफा भएसँगै देशका केही भागमा बादल लागे सङै सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी विहिवार तराइको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको हो ।
अस्ति ४० डिग्री सेल्सियस पुगेको तापक्रम विहावार ४३ डिग्री पुगेको हो । जनकपुर लगायत तराइको तापक्रम आज भन्दा भोली बढ्ने मौसमविद्ले बताएका छन् । मौशम बिदको अनुसार शुक्रवार ४५ डिग्री पुग्ने अनुमन छ।
मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि सुरु भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ ।
यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।