अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ श्रावण १४, बिहीबार १४:२१ बजे

कपिलबस्तु, १४  साउन l जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएकाले अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गरेको छ ।

जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिको बैठकले अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् ।बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

 

यस्तै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन सम्बन्धी छानबिनका लागि नवराज सुवेदीको संयोजकत्वमा समिति बनाइएको छ । समिति गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् ।

संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । स्रोतका अनुसार पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन हुने सम्भावना छ । र, देउवा सरकारमा उपप्रधान पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको स्रोतले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय