२०८० जेष्ठ २६, शुक्रबार १३:०९ बजे

काठमाडौं । दादुरा ‘मिजल्स्’ भाइरसबाट हुने अति संक्रामक रोग हो । यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेष गरि बालबालिकालाई लाग्ने गर्छ । अति संक्रामक भएको कारणले गर्दा यो रोगले छिट्टै महामारीको रूप लिन सक्छ ।

यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हनु, नाकबाट पानी बग्नु, शरीरमा राता मसिना बिमिराहरु देखिनु दादुराका लक्षणहरु हुन् ।

यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने. कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने, जस्ता जटिलताको कारण मृत्यु पनि हुन सक्ने सम्भावना हुन्छ ।

त्यसैले दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ ।

दादुराबाट बच्न के गर्ने ?
– २ महिना र १५ महिनाका बालबालिकालाई दादुरा–रूबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाउने ।

– ५ वर्ष मुनि बालबालिका दादुरा–रूबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने।

– दादुरा–रूबेला भएको विरामीको सम्पर्कबाट टाढा रहने।

– ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई वर्षको २ पटक वैशाख र कार्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने

– बालबालिकालाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरू खुवाउने र सरसफाईमा ध्यान दिने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय