
जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित नेपाल प्रहरीका एक ईस्पेक्टरले सादा पोशाकमा घुमुवा परिचालन गरेर गोप्य सूचना संकलन गरी अपराधीक गतिविधि नियन्त्रण गर्नुको सट्टा आफ्नो ईलाका क्षेत्रमा रहेको अबैध घरेलु मदिरा भठी, मदिरा बिक्रीबितरण पसल, काठ फर्निचर र व्यापारीहरुसँगको घुस असुलीलाई निरन्तरता दिएको खबर प्राप्त भएको छ ।
धनुषाको सबैला नगरपालिकाको सबैलास्थित रहेको ईलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज प्रहरी निरीक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले परिचालन गरेको घुमुवा प्रहरी बिधान्नद यादवले स्थानीय व्यापारीहरुसँग महिनबारी असुली गर्ने गरेको पाइएको छ ।
ईप्रका सबैलाको क्षेत्रमा अबैध रुपमा सञ्चालन रहेको घरेलु मदिरा भट्टि, घरेलु मदिरा बिक्रीबितरण गर्ने पसलहरु, मुर्गा तस्कर, काठ फर्निचरहरु र सिमानाकाबाट अबैध मार्ग् हुँदै तस्करी गर्ने तस्कर तथा व्यापारीहरुसंग महिनाको दररेट नै तोकेर प्रती ब्यक्ती ३ हजार देखी १० हजार सम्म महिनाको लिने गरेको एक जना ब्यापारीले बताए । सो ईलाका अन्तर्गत पर्ने विभिन्न क्षेत्रका व्यापारीहरुबाट महिनबारीदेखि लिएर दैनिक रुपमा पनि रकम असुल्ने गरेको स्रोतको दाबी रहेको छ ।
सबैलाका ईस्पेकटर र घुमुवा प्रहरीदेखि व्यापारीहरु आजित भएका छन। ईस्पेकटरले कुनै घटना हाेस वा ब्यापारी संगकाे तालमेल कुराकानी गोप्य रुपमा आफै पैसा उठाउने गरेको स्रोतले जनाएको छ । सबैलाका ईस्पेकटरकाे कनेक्सन विभिन्न किसिमका अबैध कारोबार गर्ने व्यापारीहरुसँग रहेको छ ।
भारतबाट अबैध समान ल्याउने सरकारको कर छली गर्ने लगायतका तस्कर व्यापारीहरुबाट उनले महिनबारी रुपमा रकम लिएर सँरक्षण दिने गरेका छन ।
सबैलाका ईन्स्पेक्टरका घुमुवा यादवले ब्यापारी संग महिनाको रुपैया माग्छ हामिले दिनै पर्छ । नदिए नानाथरीका बाहाना बनाएर डराउने काम गर्छ । हामिले दिनै पर्छ नदिए आफ्नो पावर देखाउछ । हामी गरिब नदिए व्यपारमा पनि समस्या हुन्छ ।”
घुमुवा यादवले महिनाको लाखौं घुस उठाएर प्रहरी निरीक्षक रामकृष्ण देवकोटालाई बुझाउने गरेको आरोप लागेको छ ।
यस्तै मुद्दा मामिलामा पनि मोटो रकम बुझेर हेरफेर मुद्दा हल्का गर्ने गरेको आरोप ईन्सपेक्टर देवकोटा माथी लागेको छ ।
ईन्सपेक्टर देवकोटाले केही दिन अगाडी तिनकोरीयाबाट एक मोटरसाईकल चोरी भएको घटनामा गहन मुद्दालाई समेत हलुका बनाएर मोटो रकम बुझेर चोरलाई अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको आरोप उनी माथी लागेको र त्यस क्षेत्रमा चर्चा बिषय बनेको छ ।
मोटरसाईकल चोरलाई चोरीको मुद्दा लगाउनुको साटो साधारण अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ ।
बिरेन्द्रबजार देखि महिनाथपुर सडक खण्डमा पर्ने यो घटना गत जेठ १२ गते ४ः१५ बजेको समयमा सबैला नगरपालिका वडा नम्बर १० अन्तर्गत सिमराढीमा ट्राफिक प्रहरी चेकजाँच गर्दै थिए । प्रदेश २–०२–००६ २६०७ नम्बरको उक्त मोटरसाइकल कागजात चेकजाँच क्रममा चोरी गरेको भन्दै काशिन्द्र पासवान पक्राउ पर्यो।
ट्राफिक प्रहरी जवानले इलाका प्रहरी कार्यलय सबैलामा तुरुन्तै खवर गरेर मोटरसाईकलसहित पासवानलाई समेत लग्यो । ट्राफिक प्रहरी जवानले माथिल्लो निकायमा पनि कागजात तयारी पारेर पठाएको छ स्रोतले जनाएको छ । तर, ईलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटाले चोरी आरोपमा पक्राउ परेका पासवानमाथी अभद्र व्यबहारको मुद्दा चलाएर थुनामा राखेका छन ।
चोरी आरोपमा पक्राउ परेकालाई इन्स्पेक्टर आँफै जोगाउन लागेको रहस्य खुलेको छ । चोरी गरेको भन्दै रंगेहात पक्राउ परेका पासवान धनुषाको बिदेह नगरपालिका वडा नम्बर ५ बस्ने हठीपुरका बासिन्दा रहेको छ । उनलाई पक्राउ पछि सबैलाका ईन्स्पेक्टर रामकृष्ण देवकोटाको कमान्डमा खटेका प्रहरीलाई निर्देशन दिएर अभद्रव्यबहार मुद्दामा तुरुन्तै परिणत गरिएको थियो ।
“सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए ” शिर्षक राखी समाचार प्रकाशनमा आएपछि गत बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषाका एसपीले ईप्रका सबैलाको कार्यालयमा आफै पुगी त्यस मुद्दा बारे बुझी छानबिन गर्न पुगेका एक जना प्रहरीले नाम नखोल्ने सर्तमा जानकारी दिएको थिए तर पनि अहिलेसम्म बिभागले कार्वाही गरेको छैन । तर प्रहरी निरीक्षक देवकोटाले एसपी साब यस मुद्दाको लागि हैन अरु कामले आएको प्रतिक्रिया दिए ।
अबैध घरेलु मदिरा थठी , मदिरा पसल , काठ फर्निचर उधोग र व्यापारीहरुसँग घुमुवा परिचालन गरेर घुस असुलीको बारेमा ईप्रका सबैलाका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण देवकोटासंग बुझ्दा त्यस्तो केही पनि नरहेको ती सब कुरो गलत रहेको उनले प्रतिक्रिया दिएका छन् । हामीले घरेलु मदिरा पनि बरामद गरि नस्ट गरिरहेका छौ । मोटरसाइकल सहित कुखुरा पनि अस्ति बरामद गरेको उनले बताए । तर चोरी मुद्दामा आएका पासवानलाई अभद्रव्यबहार मुद्दामा चलाएको बारेमा बुझ्दा पास्वान अहिले पनि अनुसन्धान प्रक्रियामा रहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।