अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० असार १, शुक्रबार ०७:१९ बजे

वीरगंज – १ असार । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा मासुजन्य राँंगाभैंसी, कपडा र किराना सरसामानको तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

तस्करहरुले सशस्त्र प्रहरीसंग समन्वय गर्नको निम्ति लाखौ रुपैया नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको हो । प्रसौनीभाठा सिमानाका हुदै दिनप्रति दिन राँंगा,भैसी ,कपडा र किराना समान लगायतका तस्कर गिरोहहरुले बोर्डर आउट पोष्ट (बिओपी ) प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाईन दिएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ । रातिको समयमा प्रति दिन लाखौं लाखौंको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको छ ।

अलि र नौसादलाई राँंगाभैंसी तस्करीको ठुलो लाईन ।

सीमावर्ती क्षेत्र प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया रांगा भैंसी तस्करीको ठुलो लाईन पाएका छन् ।सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापालाई महिनाको २ लाख र माथिल्लो निकायको भाग पनि छुट्याएर बिओपीमार्फत पठाउने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया राँंगाभैसी भारत बिहारको विभिन्न ठाँउबाट खरिद गरि रातिको समयमा सशस्त्र प्रहरीसंगको सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पर्सा जिल्लाको दक्षिण पस्चिमी सिमानाकामा हुने राँंगाभैंसी तस्करीका मुख्य नाइके हुन प्रसौनीभाठाका अलि र नौसाद । परवानीपुर र जगरनाथपुर हप्तामा दुई पटक लाग्ने पशुहाट बजारको लागि ठूलो संख्यामा रोगी राँंगा भैंसी तस्करी गर्दै आएका छन् ।

प्रसौनीभाठाबाट कपडा तस्करीको लाईन पाउनेहरुको नामावली र सशस्त्र प्रहरीका निरीक्षक थापालाई बुझाउने दररेट सहित

प्रसौनीभाठा सिमानाकाबाट कपडा तस्करीको लाईन आलम, अशोक, असलम र सरबदेवले पाएका छन । सशस्त्र प्रहरी निरीक्षक थापालाई आलमले १ लाख , अशोकले १ लाख , असलमले ७५ हजार र सरबदेवले ६० हजार रुपैया महिनाको दररेटका हिसाबले बुझाएर ठुलो तस्करीको लाईन चलिरहेको छ।

ईनिहरुले तस्करी गरेर ल्याएका कपडा केहुनिया, बिशरामपुर, पोखरिया, डकैला, परवानीपुर, जितपुर लगायतको ठाउहरुमा संचालन रहेको कपडा पसलहरुमा दिने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय