
पर्सा ३ असार सशस्त्र प्रहरीले पर्साको दुई ठाउँ बाट मोटरसाइकल मा लोग गाँजा सहित तीन जना लाई पक्राउ गरेको छ। जिराभवानी गाउँपालिका बाट सशस्त्र प्रहरीले लागू औसध गाँजा सहित एकजना लाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जिराभवानी बाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले जिराभवानी गाउँपालिका वार्ड न.३ परसवा चौर स्थित नियमित चेकजाँच गर्ने क्रममा बि अार २२ एप ८७३५ नम्बरको मोटरसाइकलमा भारत जाँदै गरेका भारत बिहार पश्चिमी चम्पारण भवटा पन्चायत गोपाल पुर बस्ने वर्ष ५५ को मजिद मियाँ लाई एक किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ गरिएको मियाँ ,गाजा र मोटरसाइकल लाई आवश्यक कार्वाही को लागि ईलाका प्रहरी कार्यालय सेढवा मा पठाइएको छ।त्यसतै सशस्त्र प्रहरी ले पर्साको धोबनी गाउँपालिका वडा नं २ अासवारी बाट लागू औषध गाँजा सहित दुई जनालाइ पक्राउ गरेको छ ।
सिमा सुरक्षा गुल्म भिखमपुर बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद खडकाको नेतृत्वमा गएको गस्ती टोलिले बिअार २२ बि २७३२ नम्बर को मोटरसाइकलमा सवार भारत बिहार पश्चिमी चम्पारण सोसा पन्चायत बस्ने वर्ष ३९ को रन्जित कुमार साह र सोही स्थान बस्ने वर्ष ७३ को हरिकिशुन साह लाई पाच किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो
पक्राउ गरिएको गाँजा मोटरसाइकल र तस्कर लाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रवक्ता प्रहरी नायब उपरीक्षक संतोश बस्नेतले जानकारी दिनुभयो ।