
वीरगंज – ७ असार । सशस्त्र प्रहरीले ठुलो मात्रामा लागु औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई- ५ भिस्वा बस्ने ठाकुर साह कानुको छोरा वर्ष ३७ को राजेश साह रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहिवार दिउसो मोटरसाईकलको सिट मुनि र ट्यांकी मुनि फल्स बटम बनाई लुकाई छिपाई देउरियाबाट भिस्वातर्फ जादै गरेको मोटरसाईकललाई शंका लागि कालिकामाई – ५ सेमरा स्थित रोकेर चेकजाच गर्ने क्रममा बि.आर २२ एपी ६८१५ नम्बरको भारतीय पल्सर मोटरसाइकल र ५ सय ग्रामको १९ प्याकेट र २ सय ५० ग्रामको २४ वटा प्याकेट गरी अ. १५ किलो ५ सय ग्राम लागु औषध चरेस जस्तो देखिने कालो पदार्थसहित एक जनालाई सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका डिएसपी एवम प्रवक्ता सन्तोष बस्नेतले जानकारी दिए ।
निज ब्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियाको बुझाईएको डिएसपी बस्नेतले बताए ।