पर्सा ८ असार पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाले ४५ करोड ८ लाख २हजार बराबरको बजेट विनियोजन गरेको छ । पोखरिया मा रहेको बैकट सभा हलमा आज भएको सातौ नगरसभामा नीति बजेट तथा कार्यक्रम नगर उपप्रमुख रुबि ठाकुर ले बजेट प्रसतुत गरिन । नगरसभाको नीति तथा कार्यक्रम को उद्घाटन पोखरिया नगरपालिका को नगरप्रमुख प्रधुमन चौहान को ले उद्वघाटन गर्नु भएको हो ।नगर् प्रमुख चौहान को अध्यक्ष्ातामा भएको को सातौ नगरसभा तथा नीति तथा कार्यक्रम मा भने जनताहरु सँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि अहिले सिखने अवस्था छ अब बिस्तारै जनाता हरु संग गरिएको प्रतिबद्धता पूरा गरिने बताए । भाषण मा र काम मा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन पोखरिया नगरपालिका को बिकास को लागी म बसेको छैन पोखरिया नगरपालिका को बिकास को लागि अाफु लागिपरेको छु।पोखरिया को बिकास पाच वर्षिय योजना मा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजना मा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन।
उनले जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु धेरै नै बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए। पहिला भन्दा करिब ११ करोड बजेट घटेको ले दुखेसो पोखे। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधि हरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।
नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४५ करोड ८ लाख २ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।। नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,बालिका स्वर्ण बिमा लगायत को योजना हरु को प्राथमिकता मा विशेष जोड नगरप्रमुख चौहान ले राखनु भएको छ।
नगरसभा कार्यक्रममा नगर उपप्रमुख रुबि ठाकुर ले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह समेत गरिन । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटा, ,
नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो,नावसाद अालम, लक्षमण साह कानु, केदार प्रसाद, शियानन्द चौहान, प्रमान्नद पटेल, नगरपालिका को कार्पालिका सदस्य ,नगरपालिका सदस्य ,नेपाल पत्रकार महासंघ पर्सा का अध्यक्ष अनुप तिवारी, पार्टी प्रतिनिधि नेजामोदिन समानी, खलिल मियाँ , कमलेशवार मिश्रा,राजु साह तेली,राजनरायन पटेल, पानालाल पटेल, लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका छन ।कार्यक्रम मा अधिकृत अजय श्रीबास्तव,लेखापाल मनदिप महतो, , अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साह ले संचालन गरेका थिए
प्रतिक्रिया!