अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० असार १०, आईतवार २०:०३ बजे

राजन बानिया ।पर्सा १० असार । पर्साको जिराभवानी गाँउपालिकाले १२ अौ गाउँ सभा आर्थिक बर्ष २०८०/०८१ नीति तथा कार्यक्रम बाट ३४ करोड ८० लाख को अनुमानित बजेट सार्वजनिक गाउँपालिका उपाध्यक्ष रेखा चौधरी ले गर्नु भएको थियो।१२ अौ गाउँ सभा जिराभवानी गाउँपालिका वडा नं ३ जीतपुरमा रहेको बरात भवनमा आयोजित कार्यक्रममा निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरी को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बोल्दै भने राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए।

बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष चौधरीले बताए। आगामी आबको निति अन्तर्गत जिराभवानी गाँउपालिकाले शिक्षा , कृषि, स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिका को हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेका छन। गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन। एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन।

यसका साथै उपाध्यक्ष चौधरीले अगामी बर्षमा किसानहरुलाई बिभिन्न किसिम्मका खेती गर्न सहज हुने गरी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।दिनहु सुखाड भइरहेको अवस्थामा सिचाईका लागि दमकल प्रयोग गर्दा निकै खर्चिलो भएका कारणले गाउँपालिकाले अगामी बर्षमा बिद्युतिय सिचाईका कार्यक्रम ल्याउने भएका छन। पालिका अन्तर्गतका किसानका लागि निःशुल्क बिद्युतिय मिटर जडान गरी सिचाई गरे वापत उठेका बिद्युत महशुल पनि पालिकाले तिर्ने निति ल्याइएका छन। यसका साथै सिचाईका स्रोत अन्तर्गतका नदी, खोलामा स साना सिचाईका आयोजना संचालनमा ल्याउने जनाइएका छन। साथै बिभिन्न कारणले सुक्दै गएका पानीको मुहानको संरक्षण तथा संबर्धन गरिने निति रहेका छन। यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । पालिकाका पाचै वडाहरुमा नया कृषि सडक निर्माण गरिने निति रहेका छन।

सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेंस सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप्प एक वटा एम्बुलेंस खरिद गरी सेवालाई प्रभाकारी बनाउने निति रहेका छन। गाँउपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी निति रहेका छन।
यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति रहेका छन। साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने निति रहेका छन।
यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएका छन। अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने निति लिएका छन।

कार्यक्रममा गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी वडा सदस्य नन्दकिशोर साहले गाउँ सभा मा शुभकामाना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम मा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य ,पत्रकार , सुरक्षाकर्मी,कर्मचारी लगायतका उपस्थिति रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय