वीरगंज – १० असार । पर्साको जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४१ करोड ८८ लाख रुपैयाको बजेट ल्याएको छ । आईतबार जगरनाथपुर २ स्थित श्री ने रा मा वि संठीको बिधालय प्राङ्गणमा गाउँपालिकाको ७ औं गाउँसभामा गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले ४१ करोड ८८ लाख रुपैयाको बजेट प्रस्तुत गरेक हुन्।
शिक्षातर्फ २ करोड ३५ लाख २० हजार, स्वास्थ्य तर्फ १ करोड १३ लाख, कृषितर्फ ८५ लाख ५५हजार खानेपानी तथा चपाकल जडानमा ४६५००, खेलकुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख, वन तथा विपद् व्यवस्थापनमा ४ लाख ७५ हजार, सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार, मठ मन्दिर तथा मस्जिद सांस्कृतिक सम्पदामा १ करोड ४३ लाख, कार्यालय सञ्चालन तथा प्रसाशनिक खर्च तथा कर्मचारीको तलबभत्ता ८ करोड ७९ लाख ९ हजार एक सय एक, नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख, नेपाल सरकारलको पुजिगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख गरी जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँको विनियोजन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान सञ्चालन गरिने बताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने बताए । उनले भने, ‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने छ, एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र–छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताए । उनले सासु, ससुरालाई राम्रोसँग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिनेसमेत बताए ।
उनले संठिमा रहेको माध्यमिक विद्यालयलाई अज राम्रो बनाउनेतर्फ गाउँपालिका लागेको बताए । प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल सञ्चालनको लागि संघ र प्रदेश सरकारसँग पहलन गरिने बताए ।
गाउँपालिकाले गाउँबासीहरुले माग गरेका योजनाहरुलाई गाउँपालिकाले प्राथमिकता दिएर कार्य गरिरहेको बताए ।गाउँपालिका अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकालाई समृद्ध र नमूना गाउँपालिका बनाउन गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेको बताउँदै गाउँपालिकाको समग्र विकासका लागि सहयोग गर्न गाउँपालिकाबासीहरुललाई आग्रह गरे ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको बताए । जगरनाथपुरमा गाउँपालिका को संठी मावि औराहामा ९औँ गाउँसभाको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस नेता तथा प्रदेशसभा सदस्य शंकरप्रसाद चौधरी, गापा अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्ष वविता सिंह, गापा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन रायले संयुक्तरुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित गाँउसभामा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, नेपाली काँग्रेसका जिल्ला सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, सहरुम राउत गदि, महम्द अफताब आलम, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाअध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्याप्रसाद कुर्मी , वडासदस्य, वडासचिव ,कार्यपालिका सदस्य, शिक्षक, कर्मचारी, गाउँको भद्रभलाद्मी बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।