काठमाडौं – आफ्नो फेसबुक पेज ह्याकरको कब्जाबाट निकाल्न नसकेपछि सशस्त्र प्रहरी बलले नयाँ पेज सञ्चालनमा ल्याएको छ ।
विगतमा सञ्चालित फेसबुक पेजमा विभिन्न समस्या आएकाले हाल नयाँ फेसबुक पेज सञ्चालनमा ल्याइएको सशस्त्रले जनाएको छ । संगठनसँग सम्बन्धित विविध गतिविधि प्राप्त गर्न नयाँ पेजलाई फलो तथा लाइक गर्न पनि आग्रह गरिएको छ । साथै, ट्विटर पेजसमेत फलो तथा लाइक गर्न अनुरोध गरिएको छ ।
सशस्त्रले आधिकारिक फेसबुक पेजसँग मिल्दोजुल्दो नाममा बनाइएका अन्य एकाउण्टबाट नझुक्किनसमेत सचेत गराएको छ । दैनिक रुपमा संगठनका गतिविधि अपलोड भएका पेज एकिन गरेर मात्र फलो तथा लाइक गर्न सुझाइएको छ ।
सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज झण्डै साढे तीन महिनादेखि ह्याकरको कब्जामा छ । उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास असफल भएपछि बाध्य भएर सशस्त्रले नयाँ पेज बनाएको हो ।
प्रतिक्रिया!