अधिकृत यादव द्धारा कालिकामाई गापामा भइरहेको कार्यहरूको स्थलगत अनुगमन



राजन कुमार बानिया पर्सा १९ असार । पर्साको कालिकामाई गाउँपालिकामा भइरहेको निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएकोछ!निर्माण कार्यहरु बाटो ढलान, नाला निर्माण जस्ता कार्यहरू नियम विपरीत गरिएको र मापदण्ड पूरा नभएको लगायतका कमीकमजोरीहरु न सुधारेमा आफूहरु उक्त निर्माण कार्य पास नगर्ने कुरा जानकारी गराउँदै छिटो र छरितो मापदण्ड पुरा गर्न प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले ठेकदारहरु लाई निर्देशन समेत दिनुभएकोछ!

पलिकाभित्र भइरहेको निर्माण कार्यहरूको रेखदेख गर्ने जिम्मा सम्पूर्ण जन्ताकोभएको हुनाले यदि कुनै ठाउँमा गुणस्तरहीन कार्य भइरहेको भेटिएमा उक्त निर्माण कार्य बारे जानकारी गराई गुणस्तरिय निर्माण कार्य गराउन अनुगमनमा उपस्थित कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसियालाई आग्रह गर्दै प्रमुख प्रशासकिय अधिकृत यादवले युवाहरुलाई जागरुक हुनपर्ने कुरामा जोड दिए!
अनुगमन टोलीमा उपस्थित कालिकामाई गाउँपालिका प्रमुख वशिष्ठ गुप्ताले विकाश निर्माणको कार्यमा कुनैपनि लापरवाही देखिएमा त्यसको खुलेर विरोध गर्न र त्यस कार्यबारे आफूलाई जानकारी गराई गुणस्तरिय निर्माण कार्यमा सहयोग गर्न युवाहरुको भुमिका अपरिहार्य भएको हुनाले यस्ता कार्यहरूको लागि आफू सधै कालिकामाई युवा समाज संग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जाहिर गर्नुभयो!
अनुगमन टोलीमा वडा नं २ का वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया,पालिकाको इन्जिनियर,स्थानिय बासी,लगायत युवाहरुको उपस्थिति रहेको थियो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज