महिलालाई आत्मनिर्भर बनाउन पोखरियामा ब्युटिसियन तालिम सम्पन्न



राजन कुमार बानिया । पर्सा २२ असार ।पर्साको पोखरिया नगरपालिका वडा न ७ रानिगंजमा अाज १८ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सहयोग तथा सिवमान्चल बिकास एन्ड संचार समाज प्रा ली पोखरिया को अायोजनामा महिला हरुको लागि सीप अभिबृद्विको लागि १८ दिने तालिमको समापन समारोह वडा नं ७ का वडा अध्यक्ष परमानन्द प्रसाद कुर्मीक़ो अध्यक्षता तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानक़ो प्रमुख आतिथ्यमा भएको तालिम मा बोल्दै प्रमुख अतिथि चौहानले भने महिला हरुलाई अात्मनिर्भर बनाउनको लागी सिपमुल्क कार्यक्रम ल्याएर राजगारी दिने सोच रहेको छ।

नगरपालिकाका महिला हरु घर परिवार माथी अाशरित नभई अाफुले सिकेको सिप संचालन गरि अामदनी बन्नुमा जोड दिनु भएको थियो। अाउने दिनमा पनि सिपमुल्क कार्यक्रम योजनामा राखेर महिला हरुलाई सहयोग गर्ने बताए ।ब्युटिसियन तालिम समापन कार्यक्रममा पोखरीया नगरपालिका का प्रमुख अधिकृत अजय श्रीवास्तव, समाजिक बिकास सहायक नरेन्द्र साह, पत्रकार लालबाबू बानिया, दिनेश मिश्रा, शैलेस गुप्ता ,वडा सचिव बिजय पटेल, सहायक सचिव मनोज पटेल, प्रशिक्षक रेखा नेवपाने , सहभागी महिलाहरू लगायतक़ो सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज