पोखरिया नगरपालिकाले ल्यायोे ४५ करोड ६७ लाख ८० हजार बराबरको बजेट



पर्सा २२ असार पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभा को दोस्रो बन शत्र बाट ४५ करोड ६७ लाख ८० हजार बराबरको बजेट पारित गरिएको छ। पोखरिया नगरपालिकामा रहेको सभा हलमा भएको सातौ नगरसभाको दोस्रो बनशत्र बाट बजेट पारित गरिएको हो। पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानको अध्यक्ष्ातामा सम्पन्न भाएको छ। नगरसभा लाई उद्वघाटन गर्दै भने काम गर्ने बेला मा बिधिन किसिम का बाधा अौरोध हुने गर्छ कतिपय जनप्रतिनिधि हरु नाराज होलन तर सबै संग हाथोमालो गरेर जाने प्रतिबद्धता गर्नु भए थियो।

उनले भने जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए। पहिला भन्दा करिब अाधी बजेट घटेको ले दुखेसो पोखे। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधि हरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।
नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको बजेट संघिय ससर्त अनुदान २१ करोड ५९ लाख ,संघिय सम्पुरक अनुदान ७५ लाख,संघिय विशेष अनुदान ७० लाख,प्रदेश सम्पुर्क२० लाख,प्रदेश विशेष अनुदान ३० लाख, २२ करोड १३ लाख ८० हजार गरि
४५ करोड ६७ लाख ८०हजारको बजेट पारित गरिएको छ। नगर सभा कार्यक्रममा वडा नं १ देखि १० सम्मका वडा स्तरिय योजना स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,बालिका स्वर्ण बिमा लगायत को योजना हरु को प्राथमिकता मा विशेष योजना नगरसभा बाट सर्वसहमत परित गरि एको छ।

नगरसभा मा नगरउप प्रमुख रुबी ठाकुर नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटा, ,
नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, महेन्द्र महतो , रामप्रबेश चौहान,,नौसाद अालम, लक्षमण साह कानु, केदार महतो, शियानन्द चौहान, प्रमान्नद पटेल, किशोरी साह,सोनालाल साह, नगरपालिका को कार्पालिका सदस्य ,नगरपालिका महिला ,पुरुष सदस्य ,कार्यक्रम मा अधिकृत अजय श्रीबास्तव,लेखापाल मन्दिप महतो, , अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साह ले संचालन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज