सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन



काठमाडौँ – सोलुखुम्बुबाट काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर