अपडेट 
भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता | प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन, अध्यक्षमा नवीन मिश्र | वीरगंजको ईनरुवामा सशस्त्र प्रहरीको छापा, सात लाख बढीको कपडा बरामद |
२०८० श्रावण २, मंगलवार ०८:२५ बजे

बारा । बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय हलचोकमा उजुरी परेको छ । १२ नम्बर गण बाराका एसपी टोप बहादुर डांगीको संलग्नतामा तस्करी बढेको उजुरीमा उल्लेख छ ।

उनले तस्करी गराउनकै लागि सहायक हवल्दार लोकनाथ पाठक र रंजित गुप्तालाइ लामो समयदेखि घुमुवा खटाएका छन् । जबकी घुमुवा राख्न नपाइने नियम छ । यस बिषयमा मुख्यालयमा उजुरी परे पनि त्यहाँको अनुगमन तथा गुनासो ब्यबस्थापन छानबिन नगरी मिलाउने प्रयास गरिरहेको छ । घुमुवा नखटाउने संगठनको नीति बिपरित बाहिनिपतिलाइ समेत गलत रिपोर्टिङ गरेर दुई जनालाइ घुमुवा राखिएको गणका एक अधिकृतले जानकारी दिए । आफुलाई तालिममा अब्बल ठान्ने एसपी डांगी फिल्डमा कमजोर देखिएका छन् । उनको कमान्ड कमजोर मात्र होइन असफल भएको सशस्त्र प्रहरी कर्मचारी बताउँछन् । दुबै घुमुवाको दरबन्दी अन्यत्र भए पनि लामो समयदेखि बारामा बस्नु पनि रहस्यमय भएको बताइन्छ ।

उता कोशी प्रदेशमा डिआइजी अन्जनी कुमार पोखरेलका कारण सशस्त्र प्रहरी समस्यामा पर्दै गएको छ । झापा घटनाका कारण संगठन नै बदनाम भएको थियो । अहिले पनि डिआइजीको कारण सशस्त्र प्रहरीको स्थानीय अगुवाहरुसँग सम्बन्ध बिग्रदै गएको छ । लामो समय विदेशमा बसेका डिआइजी पोखरेलको फिल्ड अनुभव कमजोर देखिएको छ । दृष्टि न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय