अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० श्रावण ३, बुधबार ०९:१२ बजे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् ।

विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्य सम्पादन गरेको भन्दै आइजीपी कुँवरले पुरष्कृत गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जनाएको छ ।

यो निर्णयले प्रहरी कर्मचारीमा सकारात्मक प्रभाव पर्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ । आइजीपीबाट पुरष्कृत हुनेमा एआइजी मिरा चौधरी, डिआइजी बुद्विराज गुरूङ, सिआइबीकम एसएसपी दिनेश आचार्य देखि एसपी, डिएसपी, इन्सपेक्टर, प्रहरी हवल्दार र कार्यालय सहयोगीसम्म २४ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय