अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०८० श्रावण ७, आईतवार १६:४४ बजे

वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् ।

विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली ठुला सवारी साधनहरुले ट्राफिक प्रहरीकाे झमेलाबाट मुक्ति पाउन महिनवारी नै बझाउनु पर्ने बाध्यता रहेकाे छ । महिनवारी नदिने गाडीहरुकाे कागज पत्र लिएर पैसा दिन बाध्य बनाउने गरेका छन् ।

यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरिक्षक मणिराम थापालाई जानकारी हुँदा पनि एक्सन नलिनु उनकाे सलंग्नता पनि रहेकाे प्रमाणित हुन थालेकाे छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत आउने गरेका कारण उनी केही नगरेकाे ट्राफिक प्रहरी स्राेतले नै जनाएकाे छ ।

यस्ता गुनासाहरु लिएर सेवाग्राहीहरु कार्यालयमा पुग्दा प्रमुख प्रहरी निरिक्षक थापा कार्यालय मै भेटिदैन । फाेन गर्दा कहिले काँही त फाेन नै उठदैनन्, फाेन उठेपनि आफु बाहिर कार्यक्रममा रहेकाेले पछि आउन भन्ने गरेकाे सेवाग्राहीहरुकाे भनाई छ ।

एक महिना पहिला पाेखरियामा खटिएका रामसय यादव भनिने ट्राफिक प्रहरीले एउटा ट्रिपरकाे परमिट लिएका थिए । पाेखरिया रुटकाे परमिट नरहेकाे भन्दै अरु रुटकाे परमिट खाेसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएकाे वताएका थिए । पाेखरियाकाे परमिट नपाउने गरेका कारण त्यहाँकाे परमिट नलिएकाे सवारी धनीले वताए ।

परमिटकाे लागि सवारीधनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा यातायात कार्यालयमा बुझाएकाे वताए । सवारीधनी यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरु यहाँ जिल्लाबाट कुनै परमिट नआएकाे वताए । पछि पुन: पुन: सवारीधनी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका ट्राफिक प्रहरी उनीसंग कुरा गर्ने चाहेनन् ।

यी गुनासाेहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाका कार्यकक्षमा पुग्दा उनी भेटिएनन् । अब उनी कहाँ जाने भनेर दिक्क लागेर घर फिर्ता भए । उनले खाेसिएकाे परमिट फिर्ता गर्न धेरै दु:ख दिएकाे गुनासाे गरे । याे त उदाहरण पात्र मात्र घटना हुन । यस्ता थुप्रै गुनासाेहरु छन् । यस्ताे नियतले सहजै ट्राफिक प्रहरीकाे नियत बारे अनुमान गर्न सकिन्छ ।

यस बिषयमा बुझ्न सम्बन्धित ट्राफिक प्रहरी यादवसंग फाेनमा सम्पर्क गर्दा उनले परमिट आफुले दिइसकेकाे वताउँदै अहिले आफु एउटा पंचायतीमा रहेकाेले पछि कुरा गर्ने वताए । पर्सा ट्राफिक प्रहरी प्रमुख थापासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेर सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय