
पर्सा ८ साउन सशस्त्र प्रहरी बल नेपालले पर्साको पकहामैनपुर गाउँपालिका वडा नं ५ सबैठवा बाट लागू औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका – १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।
प्रहरीले उनको साथबाट ५ किलो ७ सय ग्राम चरेस बरामद भएको जनाएको छ । पासवानले
ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिअोपी सबैठवाका डिएसपी केसवराज अोलीको कमान्डमा रहेको टोलीले मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा चरेस भेटिएको हो ।
पासवानले आफ्नो शरीरको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएका छन ।
उनलाई बरामद चरेस तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरिया बुझाइएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) सुमन थपलियाले जनाएका छन।